रिभर फल्स पावर लिमिटेडको आईपीओमा ६.५ गुणा बढी सेयर माग «

रिभर फल्स पावर लिमिटेडको आईपीओमा ६.५ गुणा बढी सेयर माग

२८ वैशाखदेखि निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन बिहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । २७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर एक लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरिएकोमा निष्काशनको तेस्रो दिन बिहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय४० कित्ता सेयरका लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्