स्मार्ट च्वाइस र सेलपेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सम्झौता «

स्मार्ट च्वाइस र सेलपेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सन्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ ।
विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
यस सहकार्यले सेलपे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्छन् भने सेलपेमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
मंगलबार स्मार्ट च्वाइस टेक्नोलोजिजको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र सेल पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा पत्रमा हस्ताक्षर भएको होे ।

प्रतिक्रिया दिनुहोस्