होटलमा लगानीको ओइरो «

होटलमा लगानीको ओइरो

नेपालमा होटल खोल्ने वा भनौं होटलमा लगानी गर्ने क्रम बढेर गएको छ । हुन पनि नेपाल पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको छ, पछिसम्म पनि उत्कृष्ट गन्तव्यकै रूपमा रहिरहनेछ भन्नेमा कुनै शंका छैन । यसरी नेपालको पर्यटन क्षेत्र पैmलने र फस्टाउने देखेरै हुनुपर्छ, स्वदेशी उद्योगी–व्यवसायीहरूले मात्रै नभएर विदेशी लगानीकर्ताहरूले समेत नेपालको होटल क्षेत्रमा लगानी विविधीकरणसहितको लगानी गरिरहेका छन् ।
पर्यटनको परिभाषा वृहद् छ । जस्तै पदयात्रा, पर्वतारोहण जलयात्रा, बरफ आरोहण (एकदमै जमेको नीलो….देखिन्छ), आइस क्लाइम्बिङ, वन–जंगल घुम्ने/जंगल सफारी, निकुञ्ज घुम्ने, प्यारासुट जम्प, बन्जी जम्पिङ, चरा अवलोकन गर्ने, माछा मार्ने, सिकार खेल्ने, हट एयर बालुनिङ, जिप फ्लायर, स्काई डाइभ, चट्टान आरोहण–रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाइकिङ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान–योग अर्थात् योगा पर्यटन, गाउँ अवलोकन भ्रमण (यस्तो भ्रमण कुनै जातिविशेषको बसोबास भएको ठाउँमा गरिन्छ ।) अर्थात् भिलेज टुर, प्राचीन मानव–बस्तीको अवलोकन, सहर–बजार अवलोकन, सिटी टुर, हेरिटेज अर्थात् सम्पदा अवलोकन भ्रमण, मठ–मन्दिर, गुम्बा, चैत्य, छोर्तेन, मस्जिदलगायत नेपालका धार्मिक स्थलहरूको अवलोकन र भ्रमणलाई समग्रमा पर्यटन उद्योगमा समेट्न सकिन्छ । हाल नेपालमा वसन्त ऋतुको आगमन भएको छ । वसन्त ऋतुको आगमनसँगै नेपालमा रहेको विश्वकै अग्लो हिमाल सगरमाथालगायत अन्य हिमाल आरोहण गर्नका लागि विभिन्न देशका पर्वतारोहीहरू पर्यटकका रूपमा धमाधाम नेपाल आउने क्रम जारी छ । स्मरणीय छ, नेपालमा सबैभन्दा धेरै खर्च गर्ने पर्यटकमा पर्वतारोही पर्यटकहरूलाई नै मान्ने गरिन्छ भने याथार्थ कुरो पनि त्यही नै हो ।
होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, घरबास (होमस्टे) आदिलाई पर्यटनको मेरुदण्डकै रूपमा लिनुपर्ने हुन्छ । किनभने कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बास बस्ने व्यवस्था हुन जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने, के पिउने, कहाँ जाने भन्ने चिन्ता गर्छ । अथवा अर्को शब्दमा भन्नुपर्दा कुनै पनि मान्छेले आफ्नै देशभित्र आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त वा नातागोताकहाँ बाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । अर्को महत्वपूर्ण कुरो, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर रात बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्रसंघसँग आबद्ध ‘विश्व पर्यटन संगठन’ (यूएन डब्लूटीओ) को मान्यता वा भनौं परिभाषा रहेको छ । आन्तरिक वा बाह्य पर्यटनबारेको परिभाषा हेर्दा भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिउँसो एकैछिन (चार–पाँच घण्टा) नेपाल घुमेर भारततिरै बास बस्न जाने विदेशी पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? बुद्ध धर्मका प्रवद्र्धक (गौतम बुद्धलाई विश्वभरका अनुयायीहरूले भगवान् मान्ने गरेका छन्) गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने, सोही दिन भारततिरै फर्केर बास बस्न जाने विदेशी पर्यटकलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? हामीले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
होटल उद्योगको कुरो गर्दा ‘दिन दुई गुना रात चौगुना’ले उन्नति/प्रगति भइरहेको देखिन्छ । लगभग ६/७ वर्षअघि नै नेपालको होटल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँबराबरको लगानी भइसकेको थियो भन्ने त माथि नै पनि प्रसंगवश लेखिएकै छ । हो, तथ्य–तथ्यांककै कुरो गर्दा २०१७ ताका नै स्वदेशी तथा विदेशी होटल, विदेशी होटलको सहकार्यमा खुलेका वा खुल्दै गरेका होटलसमेत गर्दा नेपाली होटल व्यवसायीहरूले नेपालको होटल उद्योगमा मात्रै ६ खर्ब नेपाली रुपैयाँबराबरको लगानी गरेका थिए । त्यसरी हेर्ने हो भने अहिलेसम्म स्वदेशी तथा विदेशी होटल चेनहरूसमेतका होटलहरूले नेपालको होटल उद्योगमा २५/२६ खर्बदेखि २८/२९ खर्ब नेपाली रुपैयाँबराबरको लगानी गरिसके कि ? यो मेरो ‘रफ’ अनुमान मात्रै हो । विदेशी फ्रेन्चाइज होटल र चेन होटलहरू पनि सीधै शाखा खोल्ने क्रममा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्