आठौं राष्ट्रिय खेलकुदको सफलताले एनआरएनए खुसी «

आठौं राष्ट्रिय खेलकुदको सफलताले एनआरएनए खुसी

पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागि भएको गैरआवासीय नेपाली संघको सफलताले विश्वभरीका नेपालीले गौरवान्वित महसुस गरेको एनआरएनएले जनाएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक खेलकुदमा सहभागिता जनाउँदै पाएको सफलता विश्वभरीका गैरआवासीय नेपालीको लागि गौरव गर्न लायक बनेको छ ।
एनआरएनए अध्यक्ष भवन भट्टले इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइरहँदा आठौँ राष्ट्रिय खेलकुदमा लन टेनिसतर्फ जितेको पाएको पहिलो स्वर्ण पदकले एनआरएनएको शान बढेको बताएका छन् । “अष्ट्रेलियाबाट संरक्षक भुषण बज्राचार्यले गैरआवासीय नेपाली संघलाई स्वर्ण दिलाएका छन्, जुन संघको इतिहासमा पहिलो स्वर्ण हो । थाइल्याण्डबाट दावा सोनाम शेर्पा र अष्ट्रेलियाबाट अमृत पौडेलले हामीलाई लन टेनिसमै कास्य दिलाएका छन्,” अध्यक्ष भट्टले भने, “यस्तै जुडो तर्फ अस्ट्रेलियाबाट आएका मोहन बम र बक्सिङतर्फ मलेसियाबाट प्रदिप घिमिरेले कास्य पदक दिलाएका छन् । हाम्रो यो ऐतिहासिक जित गैरआवासीय नेपालीहरुका लागि गर्वको कुरा हो ।
अध्यक्ष भट्टले गैरआवासीय नेपाली संघको झन्डा फहराउने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति गैरआवासीय नेपाली संघ र उनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्