चीन र दक्षिण अफ्रिकाका लागि राजदूत अनुमोदन «

चीन र दक्षिण अफ्रिकाका लागि राजदूत अनुमोदन

संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानवीन गर्न समितिका सदस्य जितेन्त्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले २ दिन भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदुत रायको पनि सुनुवाई गर्ने समितिका सभापति कर्णले बताए ।
समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत बासुदेव मिश्रको पनि उजुरी परेकाले सुनुवाइ गर्न नसकिएको स्पष्ट पारेको छ ।


भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त
भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।
भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् । श्रीवास्तव यसअघि भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया मामिला डेस्कको जिम्मेवारीमा थिए । श्रीवास्तवले नेपालसँगको संवेदनशील सम्बन्ध सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।
श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्