डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता «

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा निर्वाचित भएपछि विजय उत्सव मनाउँदै नेता–कायकर्ता ।


स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । मंगलबार बेलुकासम्मको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
नेपाली कांग्रेसले १५० वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । नेकपा एमालेले १ सय वटा स्थानीय तहको प्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले ७६ स्थानीय तहको प्रमुख जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४ तह जितेको छ । राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् । त्यसैगरी जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १ सय ४८ स्थानीय तहको उपप्रमुख जितेको छ भने एमालेले ९९ स्थान जितेको छ । माओवादी केन्द्रले ७६, नेकपा एकीकृत समाजवादीले १०, अन्यले ५, जनता समाजवादी पार्टी ४ स्थानीय तहका उपप्रमुखमा जित हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्