जिल्लाकै पहिलो वडाध्यक्षमा महिला निर्वाचित «

जिल्लाकै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

मुगु -मुगु जिल्लाकै इतिहासमा पहिलो चोटी मुगु जिल्लाले वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएकी छन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ को एक गरिब घरबाट जन्मेकी कुन्जुमा कुमाई वडा अध्क्षमा निर्वाचित भएकी हुन् ।
नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी कुमाईले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेजबहादुर बुढालाई पछाडि पार्दै जित हासिल गरेकी हुन् ।
मुगु जिल्लाभरिमा रहेका ४५ वडाहरूमध्ये उनी नै एक मात्र महिला उम्मेदवार थिइन् । छायाँनाथ रारा नगरपालिका–११ वडामा कांग्रेसका आधिकारिक उम्मेदवार हिमाल श्रेष्ठ थिए भने त्यहाँ नेकपा एस, कांग्रेसबाट बागी उम्मेदवार र एमालेको कडा प्रतिस्पर्धा बाट विजय भएकी हुन् ।
नेकपा एसले अध्यक्षसहित २ सदस्य र एमालेले २ सदस्य जित हासिल गरेको मूल्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल खसेको ४९६ मतमा मध्य विजेता कुमाईले १२९ र प्रतिस्पर्धी बुढाले १२४ मत प्राप्त गरेका थिए । कुमाईले ५ मतको अन्तरले जित हासिल गरेकी थिइन् ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्