६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण «

६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण

वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसाल सोमबार बिहान ७.३० मा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपील गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् ।
नेपाल बार एसोसिएसनको लोगो अंकित झन्डासहित उनले वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा कानुनविद्का रूपमा कार्य गर्दै आएका छन् ।
अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डाक्टर प्रीतिले चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्