गल्छीमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आईएमई बैंकले सोमबार देखि धादिङ जिल्लाको गल्छी गाउँपालिका–६, गल्छीस्थित करदाता सेवा कार्यालको भवनमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
धादिङको गल्छी गाउँपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको चाहनालाई मध्यनजर गर्दै बैंकले खोलेको उक्त एक्सटेन्सन काउन्टरकोे उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए ।
उक्त एक्सटेन्सन काउन्टरले राजस्व संकलनका साथै अन्य बैंकिङ सेवासमेत प्रदान गर्नेछ । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।