कामनपा २ को वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी «

कामनपा २ को वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३ सय ७७ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य पदमा नेकपा एमालेकी पूर्णलक्ष्मी रजक निर्वाचित भएका छन् । रजकले १ हजार २ सय ५५ मत प्राप्त गरे ।
त्यस्तै वडा नम्बर २ को दलित महिला सदस्यमा नेकपा एमालेबाट ईश्वारी परियार निर्वाचित हुनुभएको छ । उनले १ हजार ३१७ मत प्राप्त गर्नुभएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताए । त्यस्तै सदस्य पदमा नेकपा एमालेका पदमकाजी महर्जन र विमल गुरुङ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर एकमा पनि नेकपा एमाले विजयी भएको थियो । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ र २ वटा वडाको मात्रै मत गणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्