मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा पुनः लामा «

मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा पुनः लामा


मुगु -जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा छिरिङ क्याप्ने लामा अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
उनी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा पनि पुनः अध्यक्ष पदमा लामा दोहोरिएका हुन् । विजेता लामा १ हजार ५ सय ७१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सोनाम छिरिङ लामा पराजित भएका छन् ।
सोनामले १ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेका छिरिङ पुटिक लामा १ हजार ५ सय ६१ मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका गुरुस्याङ्ग्याप लामा १ हजार ३ सय ८५ प्राप्त मत ल्याई पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्