Logo

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह विजयी

सर्लाही -सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामाअश्रय साह र उपाध्यक्षमा अकलीसहनी विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्ष साह आफनो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फकिरा महतोलाई १ हजार २ सय ७९ मत अन्तर र उपाअध्यक्षमा अकली सहनी आफ्नो निकटतम प्रतिद्वन्दीमा ओवादी केन्द्रकै उम्मेदवार निलमकुमारी देवीलाई १०९९ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित साहले ४ हजार ४ सय ७७ मत प्राप्त गरेका छन्, भने उपाध्यक्षमा निर्वाचित सहनीले ४ हजार ५ सय ४ मत प्राप्त गरेकी छिन् ।
गाउँपालिका अध्यक्ष साहकोेनिकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गरेका थिए भने उपाध्यक्ष सहनीकानिकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरेकी थिइन् ।
तेस्रो स्थान हासिल गरेका उम्मेदवार एमालेका अजयकुमार सिंहले भने १ हजार ६ सय ७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिताकुमारी यादवले १ हजार ६ सय ३ मत प्राप्त गरेकी थिइन् ।
लोसपाका वीरेन्द्रप्रसाद साह १ सय ६ र लोसपकै उपाध्यक्षमा रमपती देवी महतो १९७, जनमत पार्टीका मुरलीधर झा ६० र जनमतकै उपाअध्यक्षमा पुनम कुमारी देवी ६७, जसपाका रूप किशोर यादव ६५ र बहुजन एकता पार्टी, नेपालका उपाध्यक्षमा अनतिया देवी यादव ७६ मत प्राप्त गरेका हुन् ।
धनकौल गाउँपालिका–१ मा नेपाली कांग्रेसकावडाअध्यक्ष गौरी शंकर महतो, वाड नम्बर २ मा नेपाली कांग्रेसकैरामबहादुरसहनी, वडा नम्बर ३ मा एमालेका अशोक यादव, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव, वडा नम्बर ५ मा माओवादी केन्द्र का उदय महतो, वडा नम्बर.६ मा माओवादी केन्द्रका श्यामबाबु साह र वडा नम्बर ७ मा नेपाली कांग्रेसकै रामलखन राय विजयी भएका हुन् ।
धनकौल गाउँपालिका जम्मा ७ वाडमा कुल मतदाता संख्या १३ हजार ७ सय ३० छन्, भने कुल १० हजार ४ सय २६ मत खसेको थियो ।
सर्लाहीमा २० पालिका रहेको छन । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छन् । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडि धनकौल गाउँपालिकामा नतिजा सार्वजनिक भएको हो ।
२० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २ सय वडाध्यक्ष एवं ८ सय जना वडा सदस्य गरी १ हजार ४० जना जनप्रतिनिधि चुनिने छन् । जिल्लामा चारलाख ७४ हजार ४ सय ३९ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्