Logo

यामाहाको रेजेडआर १२५ एफआई स्मार्ट बजारमा

यामाहाको रेजेडआर १२५ स्ट्रीट -याली भर्सन स्मार्ट स्कुटर ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा आएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा १५ देखि २१ वैशाखसम्म आयोजित ‘महा एक्सचेञ्ज मेला’मा सो स्कुटर सार्वजनिक गरेको हो । यामाहाको रेजेडआर १२५ एफआई फ्युल क्षमतालाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । यो अहिले स्मार्ट स्कुटरको रूपमा आएको कम्पनीले बताएको छ ।
यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलोपटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रेजेडआरले सामान्यतया प्रतिलिटर ५८ किलोमिटर माइलेज दिन्छ । सो स्कुटरले अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँ जोगाउन सक्ने कम्पनीले जनाएको छ । एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले ‘गुगल प्ले स्टोर’ र आईफोन प्रयोग गर्ने चालकले ‘एप्पल’को एप स्टोरमार्फत यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउनलोड गरी उक्त एपमार्फत मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्