रियलमी९ को पछिल्लो थप शृंखला नेपालमा चाँडै सार्वजनिक हुँदै «

रियलमी९ को पछिल्लो थप शृंखला नेपालमा चाँडै सार्वजनिक हुँदै

रियलमी, संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले नेपालमा रियलमी ९ शृंखलाको पछिल्लो थप शृंखला नेपालमा चाँडै ल्याउनेछ । रियलमी९ यो सामसङ आइएसओसीइएलएल एचएम ६ ईमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरूमध्ये एक हुनेछ जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्छ ।
रियलमी९ स्नापड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन६ एनएम प्रक्रियामा आधारित छ । योस्मार्टफोन९० हर्ट्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमाउपलब्धहुनेछ।
यसमा रहेको१६ एमपीसेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटोलिनका लागि उपयुक्त हुनेछ । यसमा ५ सय एमएएजको विशाल ब्याट्री क्षमताका साथ३३ वाट डार्ट चार्ज टेक्नोलोजी पाइन्छ ।
यसले मुटुको गति पत्तालगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि डीआई पनि समावेश गर्छ जसले पहिले अवस्थित -याममा ५ जीबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राममात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्वइन्सटल्ड रियलियम यूआई ३.० सँग आउनेछ ।
यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसलेप्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्छ ।
रियलमी९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू भेरियन्टहरूमा लन्चहुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्