काठमाडौंमा फोहोर थुप्रियो «

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।
फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले सिलडोलबासिको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौसम्म फोहोर नउठ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्