नर्सिङ अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित «

नर्सिङ अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङगल नर्सिङ अवार्ड २०७७ बाट सम्मानित हुनु भएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार सहित नर्सिङ अवार्ड २०७७ बाट सम्मान गरेको हो ।
यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यसकिसिमको अवार्ड प्रदान गरिएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेको हो । सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि अनवरत रूपमा नसिङ क्षेत्रमा सेवा प्रदान गर्दै आउनु भएको छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख, आईसीयू विभागमा कार्यरत छिन् ।
कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान निकै ठूलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरूलाई आफ्नो कार्यक्षेत्रमा अझ बढी हौसला प्रदान हुने बताए ।
यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरूको योगदान निकै ठूलो रहेको स्मरण गर्दै यस किमिको सम्मानले उनीहरूलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरे ।
यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफु अवार्डबाट सम्मानीत हुन पाउँदा निकै खुशी लागेको बताए । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ आईसीयूमा उपचारार्थ गरिब बिरामीहरूलाई प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिती रहेको थियो ।
१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । एनसीसीडीएफले सघन चिकित्सालाई सर्वसुलभ बनाउनका लागि देशव्यापी रूपमा कार्यशाला, गोष्ठी, तालिम सञ्चालन गर्दै आएको छ । यस्तै नेपाल भेन्टिलेटर्स सर्विसेसले नेपालमा सघन चिकित्साका उपकरणहरूलाई सहजै उपलब्ध गराउँछ ।
कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो ।
१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्