पिज्जा हटको नयाँ स्वादको उत्पादन बजारमा «

पिज्जा हटको नयाँ स्वादको उत्पादन बजारमा

नेपाली ब्रान्ड पिज्जा हटले आफ्नो लाइटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ । सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा मात्र ३८९ रुपैयाँबाट उपलब्ध छ । यसको भेज/ननभेज दुवैको मज्जा लिन सकिन्छ ।
यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ, जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सयोग गर्ने कम्पनीको दावी छ । विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ ।
काठमाडौं उपत्यकाका ग्राहकहरुले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्नेछन् र उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवको लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरुमा जान सक्नेछन् । पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओद्वारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरुको सुरक्षाको लागि पालना गरेको दाबी गरेको छ ।
कम्पनीका अनुसार यो पिज्जा २४० डिग्रीमा पकाइन्छ जसले सबै भाइरसहरुलाई मार्छ। साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ । उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीमा ताजा सेनिटाइज्ड तरकारीहरु र उच्च गुणस्तरका सामग्रीहरु प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्