हाम्रो पात्रोमा भिडिओ कन्फरेन्स गर्न सकिने «

हाम्रो पात्रोमा भिडिओ कन्फरेन्स गर्न सकिने

हाम्रो पात्रो एपले भिडिओ कन्फरेन्सिङ प्रणाली जारी गर्ने भएको छ । उक्त फिचर सार्वजनिक गर्नेबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक शंकर उप्रेतीले फेसबुक मार्फत जानकारी गराएका हुन् ।
यो नयाँ भिडिओ कन्फरेन्सिङ फिचरमार्फत एक पटकमा २५ जना सहभागीहरूले एक घण्टाका लागि निःशुल्क अनलाइन मिटिङ अथवा कुरकानीको लागि बस्न सक्ने बताइएको छ । यसको प्रिमियम संस्करणमा भने एक सय जना सहभागीहरू एकैपटक भिडिओमा कुराकानी गर्न सक्छन् ।
प्रिमियम संस्करणको लागि मासिक एक सय रूपैयाँ तिर्नुपर्ने हुन्छ भने यसमा कुनै समयसीमा तोकिएको छैन । हाम्रो पात्रो एपले विभिन्न समय प्रयोगकर्ताको माग र आवश्यकता अनुसार नयाँ विशेषता सार्वजनिक गर्दैछ । यो एपमार्फत पात्रोसँगै रासी, नक्षेत्र, जोतिष, समाचार, साहित्य, जन्मकुण्डली, पुराना मितिहरूलगायत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्