सीए उपाध्यायको निधन

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको निधन भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ स्थापनामा महत्वपूर्ण योगदान दिएका उनको अमेरिकामा निधन भएको हो ।
उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका पूर्व अध्यक्षसमेत थिए । नेपालको लेखा व्यवसायको अभिभावकको रुपमा मानिएका उपाध्यायले एक्यान, आइक्यान, एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डको समेत नेतृत्व गरेका थिए । पछिल्लो समय उनले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि डीडीए गरेका थिए ।
नेपाल राष्ट्र बैंकले पनि उनीसँग परामर्श गर्दै आएको थियो । हरेक ठूला बैंक, मल्टिनेशनलदेखि कर्पोरेट कम्पनीको अडिटमा उनको प्रत्यक्ष भूमिका रहँदै आएको थियो ।