देशभर मतगणना जारी «

देशभर मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको मतगणना भइरहेको छ । कतिपय स्थानमा शुक्रबार रातिदेखि गणना सुरु भएको हो भने धेरैजसो स्थानमा शनिबारदेखि गणना सुरु भएको हो ।
थोरै मतदाता भएका केही स्थानीय तहको अन्तिम मत परिणाम नै आइसकेको छ भने धेरैजसोमा गणना जारी छ । धेरै मतदाता भएका तहको परिणाम आउन समय लाग्ने देखिएको छ ।
शनिबार साँझसम्ममा एक दर्जन स्थानीय तहको नतिजा आएको छ । गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् । एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् ।
नेकपा एमालेबाट विजयी हुनेहरुमा मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा घले, चामे गाउँपालिकाका लोकेन्द्रबहादुर घले छन् । त्यसैगरी एमालेबाटै मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजिन नामगेल गुरुङ र लोमान्थाङ गाउँपालिकामा टसी न्वर्वु गुरुङले जित हासिल गरेका छन् । डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा एमालेकै धावा सम्डुङ गुरुङले जितेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट मनाङको नार्पा भूमी गाँउपालिकामा कोन्जो तेन्जीङ लामा, नासोँ गाउँपालिकामा धनबहादुर गुरुङले जितेका छन् । मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचनले जितेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ र काइके गाउँपालिकामा अंगदकुमार रानाले जितेका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नारसिङ रोकायाले जित हासिल गरेका छन् ।

जुम्लामा ७ जना वडाध्यक्ष निर्वाचित

दाेस्राे स्थानीय तह सदस्य निर्वाचनकाे मत गणनाकाे पहिलाे दिनमा जुम्लामा ७ जना वडाध्यक्ष निर्वाचित भएका छन् । गुठिचाैर गाउँपालिका बाहेक ७ स्थानीय तहमा ७ जना वडाध्यक्ष निर्वाचित भएका छन्। जसमा ४ जना नेपाली काँग्रेसबाट विजयी भएका छन् । भने,३ जना नेकपा माओबादीबाट वडाध्यक्षमा विजयी भएका छन् ।
जस अन्तर्गत ताताेपानी गाउँपालिकाकाे वडा नं. १ मा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत निर्वाचित भएकाे निर्वाचन अधिकृत सराेजराज रेग्मीले बताए । उनका अनुसार निर्वाचित वडाध्यक्ष कठायतले ३१४ मत प्राप्त गरेका थिए । भने उनका प्रत्यासी नेकपा माओबादिका लाेक बहादुर कठायतले २४३ मत प्राप्त गरेका थिए ।

ताताेपानी गाउँपालिका वडा नं. १ काे ७१८ मत गणना गर्दा माओबादी केन्द्रबाट अध्यक्ष उम्मेद्वार वीर बहादुर कुँवरले २३६,काँग्रेसका नन्दप्रसाद चाैलागाईले २४१  एमालेका सुरत बहादुर शाहीले १६५ र समाजबादीका हिमालय खत्रीले ३१ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

उता तिला गाउँपालिकाकाे वडा नं .१ मा माओबादि केन्द्रबाट जंग बहादुर बस्नेत सहित प्यानलै विजयी भएकाे छ ।  ३४६ मत प्राप्त गर्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले २०४ मत प्राप्त गरेका छन् । अन्य वडाकाे मतगणना जारी रहेकाे तिला गाउँपालिका स्थित संचारकर्मि विजय रावतले जानकारी दिए ।

साथै हिमा गाउँपालिकाकाे वडा नं. १ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा रतन बहादुर शाही सहित प्यानलै विजयी भएकाे छ । भने,सिंजा गाउँपालिकन वडा नं.१ काे वडाध्यक्षमा नेपाली काँग्रेसबाट हरिनन्द आर्चाय निर्वाचित भएका छन् । उता कनकासुन्दरी गाउँपालिकाकाे वडा नं. १ मा माओबादि केन्द्रबाट भिम बहादुर भण्डारी विजयी भएका छन् ।

त्यस्तै जुम्लाकाे एक मात्र चन्दनाथ नगरपालिकाकाे वडा नं. मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा तिलक न्याैपाने निर्वाचित भएका छन् । उनले ३०४ मत प्राप्त गरेका थिए ।

यसैबीच जुम्ला चन्दननाथ नगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेद्वार राजुसिंह कठायतकाे अग्रता कायम रहेकाे छ। चन्दननाथ वडा नं.१ काे ९९७ मत गणना गर्दा स्वतन्त्र उम्मेद्वार कठायतले ३६७ मत प्राप्त गरेका छन् । भने माओबादीका जीवनबहादुर बुढ्थापाले १६१, काँग्रेसका पदमबहादुर शाहीले १९२, एमालेका धर्मेन्द्र रोकायाले ११४ मत ल्याएका छन् । काँग्रेसबाटै चन्दनाथकाे उपमेयरमा रामदेवी खड्काले ३२३, माओबादिबाट पुर्णिमा विकले  २९७, एमालेबाट मेनका रेग्मीले १३८ र  समाजबादिबाट भिमबहादुर थापाले  ११७ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्