सरकारको नीति तथा कार्यक्रम ७ जेठमा «

सरकारको नीति तथा कार्यक्रम ७ जेठमा


सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जेठमा संसद अधिवेशन आह्वान गरेकी छिन् । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ७ जेठमा संसदमा सार्वजनिक गर्ने कार्ययोजना रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । उनले सवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन ३ जेठमा बोलाएकी हुन् ।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले बताए । उनले बजेट अधिवेशनका लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताबताए । ३ जेठमा पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
४ र ५ जेठमा संसद्मा प्रि–बजेटमा छलफल गराउने संसद सचिवालयको तयारी छ । १२ वा १३ जेठमा संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार १५ जेठ १५ मा बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।
बजेट वक्तव्य आएसँगै जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने प्रवक्ता पाण्डेले जानकारी दिए । प्रतिनिधिसभासँग ३ जेठबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्