लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक् हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको बैंकले जनाएको छ ।
जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११ प्रतिशत प्रतिशत रहेको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निस्कासन गरिनेछ ।