डा.भुसालसहितको टोली सगरमाथाको चुचुरोमा «

डा.भुसालसहितको टोली सगरमाथाको चुचुरोमा

समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्ने डा. प्रीति भुसालको अभियान सफल भएको छ ।
भुसालसहितको टोलीले बिहीबार (२९ वैशाख) बिहान सगरमाथाको सफल आरोहण गरेको हो । कोभिड–१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनी बताउँछिन् । त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको आफ्नो दोस्रोे लक्ष्य रहेको उनले बताएकी छन् ।
हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा पनि आफूले सगरमाथा आरोहण गरेको भुसाल बताउँछिन् । भुसालको आरोहणको व्यवस्थापन हिमालयन सेपर्ड टिमले गरेको थियो । अर्घाखाँची स्थायी घर भएकी भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्