Logo

सिभिल क्यापिटल मार्केटको नयाँ अफर

सिभिल क्यापिटल मार्केटले ग्राहकको सेवा सुविधा र आवश्यकतालाई प्राथमिकतामा राखेर नयाँ डिम्याट खाता रजिष्ट्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरेको जनाएको छ । त्यसैगरी मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने छ ।
यो योजना २०७९ असार मसान्तसम्मका लागि कायम हुने कम्पनीको भनाइ छ । पीएमएस कर्पोरेट सल्लाहकार सेवामा समेत भारी छुट गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।
पीएमएस कर्पोरेट सल्लाहकार सेवामा २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । विगत १३ वर्षदेखि सेवारत यस संस्थाले प्राथमिक सेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुँजीबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको छ । हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, राइट सेयर ३२ वटा, शेयर लिलामी २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ ।
कम्पनीले चाँडै नै सामुहिक लागानी कोषको सुरुवात गर्ने प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिइरहेका सेवाहरु निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आइपीओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहज रुपमा उपलब्ध हुने बताइएको छ ।
संस्थाले सन्ध्याकालिन सेवाको समेत सञ्चालन गरिरहेको छ । आगामाी दिनमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै सेवा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्