वीर अस्पताललाई रगत परीक्षण गर्ने मेसिन सहयोग «

वीर अस्पताललाई रगत परीक्षण गर्ने मेसिन सहयोग

काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाइट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ ।
संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका छन् । अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए ।
उपकरणको अभावमा धेरै रोगीको ज्यान जाने गरेको दृष्टान्त दिँदै संस्थाका अध्यक्ष प्रमेश केसीले उपकरणले अस्पतालको सेवा थप प्रभावकारी हुने विस्वास व्यक्त गरे ।
यता, अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुननिर्माणमा काम गर्दै आएको बताएको छ ।
विभिन्न संवेदनशील रोगको रक्त परीक्षणमा उपयोग हुने सो उपकरणको बजार मूल्य आठ लाख पर्ने बताइएको छ । उक्त उपकरण अष्ट्रेलिया रहेका नेपालीहरुको साझा संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । सो संस्था बालबालिका बहुआयामिक विकासका क्षेत्रमा कार्यरत छ ।

प्रतिक्रिया दिनुहोस्