होन्डाको नयाँ योजना सार्वजनिक «

होन्डाको नयाँ योजना सार्वजनिक

नेपालको लागि होन्डा दुई पांग्रेको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।
नेपालभर सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने सो योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपनमार्फत एक लाख रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्रमार्फत आकर्षक सामसङ ए–५० मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले सात लाख रूपैयाँको नगद उपहार पाउनेछन् । स्याकार इन्भेष्टमेन्टमार्फत हुने एक प्रतिशत इएमआई पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
योजना २५ वैशाखदेखि १७ जेठसम्म लागू हुने बताइएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकलाई थप उत्साहित बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्