सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित «

सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित

सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको २५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-०७८ को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनूसूचीहरु पारित गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७८-०७९ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखा
परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सञ्चालक समितिलाई दिएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्