धनगढी उडेको विमान २० मिनेटमै आकस्मिक अवतरण «

धनगढी उडेको विमान २० मिनेटमै आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान बुधबार त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट धनगढीका लागि उडान भरेको विमानको बायाँ इन्जिनमा समस्या आएपछि डाइभर्ट गरेर सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
विमानमा ८७ जना यात्रु सवार थिए जसमा ७७ वयष्क, ३ बालबालिका, ३ अशक्त र ४ जना चालक दलका सदस्य रहेका थिए । सबै यात्रु सकुसल रहेको ठाकुरले बताएका छन् । विमान काठमाडौंबाट धनगढीका लागि ११ बजेर ४८ मिनेटमा उडेको थियो भने उडान भरेको २० मिनेटपछि १२ बजेर ८ मिनेटमा काठमाडौंमा अवतरण गरेको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालले बताए । उडानकै क्रममा विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो । विमानस्थल कार्यालयका अनुसार विमानको प्राविधिक चेकजाँच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्