नेप्से परिसूचकमा ५६.०६ अंकले वृद्धि «

नेप्से परिसूचकमा ५६.०६ अंकले वृद्धि

आइतबारदेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले वृद्धि भएको छ ।
मंगलबार ४४.१६ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंकले वृद्धि भएको छ ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सुधार भएको छ । मंगलबार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूह सबैमा हरियाली छाएको छ । बुधबार १३ उपसमूहमध्ये सबैभन्दा बढी जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ४.३५ प्रतिशत बढेको छ । विकास बैंक, लगानी र माक्रोफाइनान्स उपसमूहको सूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, निर्जीवन बिमा कम्पनीको सूचक २ प्रतिशत भन्दा बढी भएको छ भने अन्य, जीवन बिमा, बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।
बुधबार ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता ७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा १० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्