कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने «

कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने निर्णय गरेको छ । सरकारले आगामी जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि प्रदेश अस्पतालले त्यसको कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको बिदाले थप मर्कामा पर्ने भएकाले बिदा नदिएर सेवा निरन्तर दिने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिए । सरकारले जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ । परीक्षणका रूपमा जेठ १ गतेदेखि आइतबार ओपीडीलगायत अन्य स्वास्थ्य सेवा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म यथावत रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्