टैगोरको १६१औं जन्मजयन्ती मनाइयो «

टैगोरको १६१औं जन्मजयन्ती मनाइयो

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय मिलेर २६ वैशाख सोमबार भारतीय राजदूतावासस्थित विवेकानन्द हलमा गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१औं जन्मजयन्ती मनाएको छ । यो कार्यक्रम जारी आजादीका अमृत महोत्सवकै एक हिस्सा अनुरुप आयोजना गरिएको हो ।
कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै र आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रह गरे । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए । लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा वक्ता वासु गौतमले ‘शान्ति निकेतनः शिक्षामा टैगोरको विचार’ शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्