सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपदोस्रो दिनको समाप्तिमा भुवन र सुवासको अग्रता «

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप
दोस्रो दिनको समाप्तिमा भुवन र सुवासको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा बराबरी गर्दै एमेच्योर सुवास तामाङ पहिलो स्थानमा रहेका छन् । भुवनले मंगलबार १२–अन्डर १३२ को कुल स्कोरका लागि ८–अन्डर ६४ को कार्ड खेलेका छन् । त्यसैगरी सुवासले १२–अन्डर १३२ को कुल स्कोरको लागि चार–अन्डर ६८ को कार्ड खेले ।
१५ वर्षका एमेच्योर सद्भाव आचार्य र रमेश अधिकारी सात–अन्डर १३७ को कुल स्कोरका साथ तेस्रो स्थानमा रहे । सद्भावले तीन–अन्डर ६९ र रमेशले पाँच–अन्डर ६७ को स्कोर बनाए । त्यस्तै छ–अण्डर १३८ को कुल स्कोर बनाएर पाँचौं स्थान बराबरी गरेका रवि खड्का र शुक्रबहादुर राई ले क्रमश एक–अन्डर ७१ र एक–ओभर ७३ को स्कोर बनाए ।
एक–ओभर ७३ को स्कोर बनाएका दिनेश प्रजापति तीन–अन्डर ६९ को कुल स्कोरका साथ सातौं स्थानमा रहे । त्यस्तै कमल तामाङ सम–पार ७२ रन बनाएर दुई–अन्डर १४२ को कुल स्कोर बनाउँदै आठौं स्थानमा रहेका छन् । यस दिन तीन–अन्डर ६९ बनाएका रामे मगर एक–अन्डर १४३ को कुल स्कोरसहित नवौं स्थानमा छन् ।
जयराम श्रेष्ठ र धनबहादुर थापा इभन–पार १४४ बनाएर दशौं स्थानमा बराबरीमा रहेका छन् । जयरामले एक– अन्डर ७१ र धनबहादुरले एक–ओभर ७३ को स्कोर बनाए । भुवनकुमार रोक्का र एमेच्योर टासी छिरिङ एक–ओभर १४५ सहित १२औं स्थानमा रहेका छन्। भुवनले एक– ओभर ७३ खेले भने टाशीले ६–ओभर ७८ को स्कोर बनाए । निरज तामाङ र सञ्जय लामा दुई– ओभर १४६ को कुल स्कोर सहित चौधौं स्थानमा रहेका छन् । निरजले तीन–अन्डर ६९ बनाए भने सञ्जयले एक–ओभर ७३ को स्कोर खेले ।
भुवनले आफ्नो आठ–अन्डर ६४ को बोगी फ्रिराउण्डमा तेस्रो, पाँचौं, छैटौं, सातौं, नवौं होलमा पाँचवटा बर्डी खसाल्दै अगाडिको नौमा पाँच–अन्डर ३१ बनाए भने पछिल्लो नौ होलमा तीन–अन्डर ३३ को लागि उनले ११औं, १२औं र १५औं होलमा बर्डी बनाए ।

प्रतिक्रिया दिनुहोस्