नबिल बैंकद्वारा कर्मचारी परिवारलाई छात्रवृत्ति «

नबिल बैंकद्वारा कर्मचारी परिवारलाई छात्रवृत्ति

नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि सञ्चालक समितिमा योगदान गरेका थिए ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परिक्षा बोर्डको उच्च माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरूका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बैंकले जनाएको छ ।
मनोनित कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने २/२ जना छात्र/छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । प्रत्यक विजेता कर्मचारीका सन्तानहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले गत वर्षको छात्रवृत्ति तीन जनालाई हस्तान्तरण गरे । बैंकले उनिका खनाल, दिपसन भट्टराई र मुकुल अर्याललाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।
अध्यक्ष पौड्याल र प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंकको वृद्धि विकासमा स्व.पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्