एनसेलको बोनस डेटा अफर योजना «

एनसेलको बोनस डेटा अफर योजना

एनसेल आजियाटा लिमिटेडले स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।
यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्ने जनाइएको छ । यो अफर २३ वैशाखदेखि लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।
एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २०० एमबी डेटा पाउने एनसलेले जनाएको छ । त्यसैगरी २०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ५०० एमबी डेटा पाउने जनाइएको छ ।नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५जीबी डेटा भोल्युम र १०० मिनेट अलनेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १६८ रुपैयाँ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिने कम्पनीले जनाएको छ ।
भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरि भ्वाइस प्याक लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्