जिम्बावेसँगको एकदिवसीय सिरिज जित्यो नेपालले «

जिम्बावेसँगको एकदिवसीय सिरिज जित्यो नेपालले

नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो ।
सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न खेलमा जिम्बावेले ३२ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर २३१ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको थियो । जवाफमा नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो ।
बिहान साढे ९ बजे खेलको समय निर्धारण गरिए पनि मैदानको आउटफिल्ड खेल्नलायक नभएपछि खेल साढे दुई घण्टा धकेलिएको थियो । यसकारण एक दिवसीय खेललाई ३३ ओभरमा छोट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्