स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेशको स्वागत «

स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेशको स्वागत

वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारले संघसँगको सम्झौता बमोजिम नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गरेको भन्दै स्वागत गरेको हो । संघले अध्यादेशले स्वास्थ्य संस्थामा आगजनी गर्ने,स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु-याउने तथा स्वास्थ्यकमी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पु-याएमा तत्काल कारबाही गर्ने व्यवस्था थप गरेको छ । उक्त व्यवस्थाले चिकित्सक तथा स्वस्थ्यकर्मी वा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्य पुर्णरुपमा निषेध हुने संघले विस्वास लिएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोकचन कार्कीले लामो समय देखि सरकारलाई स्वास्थ्यकर्मीको जीवन सुरक्षाको लागि माग गरिएको कानुन ठिलै भए पनि ल्याएको बताए । उहाँले यो भन्दा अघि पनि यस्तो अध्यादेश आएको थियो तर संघले माग गरेको जस्तो अध्यादेश आएको थिएन अहिले आएको अध्यादेशले भने संघको संवेदनशिल मागलाई बुझेर अध्यादेश आएकोमा सरकारलाई धन्यावाद दिए । अध्यक्ष कार्कीले सरकारले जारी गरेको अध्यादेशले स्वास्थ्यकर्मीहरुले निर्धक भएर काम गर्ने मनोवल बढाएको बताए । उनले अब सरकारले अध्यादेशलाई ६ महिनासम्ममा संसदबाट ऐनको रुपमा पारित गर्ने विश्वास रहेको बताए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्