कास्कीमा हिमालयन एक्स ट्राइ वल्र्ड टुर ट्राइयाथलन «

कास्कीमा हिमालयन एक्स ट्राइ वल्र्ड टुर ट्राइयाथलन


पोखरा– दक्षिण एसियामै पहिलो पटक कास्कीमा हिमालयन एक्स ट्राइ वल्र्ड टुर ट्राइयाथलन प्रतियोगिता सुरु भएको छ । पोखराको लेकसाइड स्थित बाराही घाटदेखि शनिबार उक्त प्रतियोगिता सुरु भएको निर्देशक रिक्की योन्जनले बताए ।
आयोजक हिमालयन एक्स ट्राईमा समेत आबद्ध भएका निर्देशक योन्जनले उक्त प्रतियोगितामा नेपाल सहित विश्वका १७ देशका ३५ जना प्रतियोगिहरु सहभागि भएको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा ३ जना महिला धावकहरु सहभागि भएका छन् । उक्त प्रतियोगितामा नेपालको तर्फबाट शसस्त्र प्रहरी बलमा कार्यरत सोनी गुरुङ र सन्तोषी राईको सहभागिता रहेको छ । गुरुङ आठौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता हुन् भने राई उक्त प्रतियोगितामा सहभागिता हुन भनि वेलायतबाट नेपाल आएकी हुन् ।
उक्त प्रतियोगितामा ३.८ किलोमिटर पौडी, १ सय ७५ किलोमिटर साइक्लिङ र ४२ किलोमिटर दौड भएको उनले जनाए । पौडी फेवातालमा सुरु भएको हो भने साइक्लिङ कास्की र बागलुङमा भएको छ । त्यसैगरी दौड कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको छ । विश्वका विरलै ठाउँमा हुने उक्त प्रतियोगिता ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन खेलको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने निर्देशक योन्जनले बताए । दुई वर्षअघि सन् २०२० मा हुने उक्त प्रतियोगिता कोरोनाको कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्