२ लाख ६० हजार तिब्बती गरिबीबाट मुक्त

चीनको दक्षिण–पूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका २ लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।
गत दुई वर्षको अवधिमा उनीहरूलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले जानकारी दिए ।
सन् २०१५ को अन्त्यसम्ममा ५ लाख ९० हजार नागरिक गरिबीको रेखामुनि रहेकोमा सन् २०१७ को अन्त्यमा ३ लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनि रहेका छन् ।
वार्षिक प्रतिव्यक्ति आय ३ सय ४८ अमेरिकी डलर पुगेपछि उनीहरूलाई गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ ।
“सरकारले यस क्षेत्रमा गरिबीविरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ भने विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ,” सरकार प्रमुख किझालाले भने ।
तिब्बतले आगामी सन् २०१८ मा १ लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने प्रतिज्ञा गरेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख छ ।