Logo

ई–सेवा मनी ट्रान्सफर र स्मिथ एण्ड स्मिथबीच सम्झौता

संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ई–सेवा मनी ट्रान्सफर र रोमानियाको पहिलो मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधैं नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । साथै, देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ई–सेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ ।
यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ई–सेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेण्ट–नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । ई–सेवा वालेटमा रेमिट्यान्स पठाउँदा अतिरिक्त ७७ रूपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।
हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक पाँच हजार रूपैयाँ तथा बम्परमा ५० हजार रूपैयाँ समेत जित्न सकिनेछ ।
रेमिट्यान्स भुक्तानी सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका हुन् ।
स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो । यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको हो । कम्पनीले विगत २० वर्षदेखि आफ्ना ग्राहकलाई एक सयभन्दा बढी शाखामार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आएको दावी गरेको छ । मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्राम जस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेण्ट समेत रहेको बताइएको छ ।
ई–सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरूको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। ई–सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १८ हजारभन्दा बढी एजेण्ट–नेटवर्क मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्