महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जर कमिटी गठन «

महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जर कमिटी गठन

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेको छ ।
आइतबार सम्पन्न भएको विशेष साधारणभाले अन्य कुनै जीवन बिमा कम्पनी एक आपसमा गाभ्न-गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा एक आपसमा गाभ्ने-गाभ्ने वा प्राप्ति गर्ने र सो सम्बन्धी आवस्यक सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
यस्तो प्रस्ताव पारित भएसँगै आइतबार नै बसेको सञ्चालक समितिको बैठकले तीन सदस्यीय मर्जर कमिटी पनि गठन गरेको छ । सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा गठन भएको मर्जर कमिटीमा उमेश लाल श्रेष्ठ र रमेशकुमार भट्टराई सदस्य रहेका छन् ।
कम्पनीले बिमा समितिको निर्देशन बमोजिम अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी तीन अर्ब पु¥याउने विशेष प्रस्ताव पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीले बिमा समितिको पुँजी वृद्धि योजनाको निर्देशन अनुरुप केही पुँजी आइपीओ र बाँकी पुँजीका लागि अर्को जीवन बिमा कम्पनीसँग मर्जरमा जाने गरी गरेको प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्