निर्वाचनका लागि खटिए ४९६ कर्मचारी «

निर्वाचनका लागि खटिए ४९६ कर्मचारी

जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ सय ९६ जना कर्मचारी खटिएका छन् । २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ सय ९६ जना कर्मचारी निर्वाचनका लागि खटिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अुसार जिल्लाका १ सय २ मतदान केन्द्रमा मतदान अधिकृत,सहायक मतदान अधिकृत सहित ४ सय ९६ कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जुम्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने सबै कर्मचारी छनोट तगा खटनपटन भइसकेको बताए । मतदान अधिकृतमा रुपमा जुम्लामा ६ जना महिलालाई खटाईको छ ।
पाँच सय भन्दा माथी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा मुनी मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी खटाएको छ ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेको बताए । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन गरिएको उनको भनाइ छ ।
प्रत्यक केन्द्रमा कर्मचारीसहित ३ जना स्वयंसेवकलाई खटाइएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई निर्वाचन व्यवस्थित गर्न परिचालन गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयमसेवकलाई तालिम दिएर खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्