एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्वाचित «

एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्वाचित

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनश सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक एमजि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापक सेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समुह ख बाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब पु-याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथागरेको छ । साथै कम्पनी ऐन २०६३ को दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७७/०७८ को चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्