Logo

विष्णुहरि पौडेलको आधा दर्जन कृति सार्वजनिक

विष्णुहरि पौडेलद्वारा लिखित ६ वटा कृति शनिबार विमोचन गरिएको छ ।
प्राध्यापक डाक्टर जयराज आचार्यले काठमाडौंमा एक कार्यक्रमका बीच पौडेलद्वारा लिखित तामाकोटको पौडेलः बंश र कूल पूजा, चिन्तन, प्रारब्ध काव्य, तरंग कविता संग्रह, चित्रण यात्रा संस्मरण र कुसुम कविता संग्रह विमोचन गरे ।
तनहुँ जिल्लाको सिमलचौंरमा जन्मनु भएका नेपाल सरकारका पूर्वसहसचिव समेत रहनु भएका उहाँले विभिन्न विधामा कलम चलाएर नयाँ कीर्तिमान कायम गरेको पूर्व राजदुत समेत रहनु भएका आचार्यले बताउनु भयो । लेखक पौडेलले देश भित्र र देश बाहिर रहेका बेला आएको मनोभावनाहरूलाई आफ्नो कृतिहरूमा काव्यका रूपमा, कविताको रूपमा, यात्रा संस्मरणको रुपमा समावेश गरिएको बताए ।
अमेरिकामा एक महिना विरामी परेर बसेको बेलामा पनि आफूले संगालेको अनुभव आफ्ना कृतिहरूमा रहेको पनि पौडेलले बताए । उनले कुसुम कविता संग्रहमा पौडेलहरूको कुलदेवता पूजा गर्ने संस्कारको पनि चित्रण गर्नु भएको छ । आफूले बाल्यकालमा पढेको चुँदी रम्घाको विद्यालयको पनि उनले मेरो गुरुकुल शिक्षा र यात्रा संस्मरण नामक कृतिमा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्