मत बदर कम गराउन बेनीमा नमुना मतदान «

मत बदर कम गराउन बेनीमा नमुना मतदान


म्याग्दी– यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मत बदर कम गराउन बिहीबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको संयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र सरोकारवालाको उपस्थितमा नमुना मतदान गरिएको थियो ।
यस निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएका कारण मत बदर कम गराउन नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन अधिकारी भमिप्रसाद घिमिरेले बताउ । नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्वृदाहरुको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिए । कार्यालयले पर्चा पम्पलेट, सञ्चार माध्यम, सामाजिक सञ्जाल, मोबाइलका टोनमार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश तेजनाथ पौडेलले मतदाताहरूको मतले सक्षम नेतृत्व निर्वाचित गराउनका लागि नमुना मतदानले सहयोग पुग्ने बताए । म्याग्दीका राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरूले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् । मतदाता शिक्षा अभियान सञ्चालन नहुँदा यसपालिको निर्वाचनमा समेत मत बदरको संख्या बढ्न सक्ने जोखिम देखिन्छ । अर्कोतर्फ राजनीतिक दल र कार्यकर्ताले पनि मत माग्न जाँदा मतदातालाई सिकाएका कारण मत बदर कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्