नबिल बैंकको विशेष साधारणसभा ७ जेठमा «

नबिल बैंकको विशेष साधारणसभा ७ जेठमा

नबिल बैंकले ७ जेठका लागि विशेष साधारणसभा बोलाएको छ । त्यसका लागि बैंकले ३० वैशाखमा बुक क्लोज गर्ने भएको छ ।
एक दिन मात्रै बुक क्लोज हुने कम्पनीले जनाएको छ । २९ वैशाखसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न लागेको छ । विशेष सभामा बंगलादेश बैंकलाई गर्न लागेको एक्विजिसनको एजेन्डा पेश गरेर अनुमोदन गर्ने बताइएको छ ।
नबिल र बंगलादेश बैंकले २९ पुसमा एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । एक्विजिसन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक पनि सहमति पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्