सिद्धार्थ इन्स्योरेन्सबाट दावी भुक्तानी «

सिद्धार्थ इन्स्योरेन्सबाट दावी भुक्तानी

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत वर्ष असोज अन्तिममा आएको वर्षाका कारण क्षतिग्रस्त भएको संरचनाको बिमा भुक्तानी गरेको छ ।
बाढीका कारण महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचनार ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पु-याएको थियो । उक्त परियोजनाको बिमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बिमा भएकोले मूल्यांकनकर्ताबाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बिमा रकम करिब नौ करोड रुपैयाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बिमित कुमार–सी एफ इ सी जे/भी का प्रतिनिधि सुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म कम्पनीले ७८२८ वटा दावी फर्छयौट गरी करिब एक अर्ब रुपैयाँ तथा अग्रिम दावीवापत विभिन्न दावी कर्तालाई करिब ८ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्