नेपाल लाइफ २२ औं वर्षमा प्रवेश «

नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २२औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनी २१ वैशाख २०५८ देखि बिमित तथा सेवाग्राहीलाई निरन्तर सेवा दिँदै आएको छ । देशभर बिमाको पुहँच पु-याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।
२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्