कृषि विकास बैंकको डलर कार्ड सेवा
कृषि विकास बैकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पु-याउन अमेरिकी डलर प्रिपेड कार्ड सेवा सुरु गरेको छ ।
बैंकले बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक बस्तु तथा सेवाहरु उपलव्ध गराउँदै आएको जनाएको छ । वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न र ग्राहकको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ ।
बैंकले सुरु गरेको सो प्रिपेड कार्ड सेवाले विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि इकमर्शको माध्यमबाट अनलाइन सपिङ तथा बिल भुक्तानी गर्नका लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सीमा भित्र रहेर कारोवार गर्न सकिने बताइएको छ ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, श्री यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु पनि सहभागी थिए ।