Logo

जीवन बिमा कम्पनीलाई पुँजी वृद्धि नै विकल्प


बिमा समितिले बिमा कम्पनीलाई व्यवस्थित र विकसित हुन पुँजी वृद्धि नै विकल्प भएको बताएको छ ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बिमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताए ।
लगानी अनुरूको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उनले बताए । अध्यक्ष सिलवालले बिमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने हबाध्यकारी नभएपनि मर्जर विकल्प हुनसक्ने बताए । “सक्नेले पुँजी बढाउनुप-यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप-यो” उनले भने, “पुँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।”
पुँजी वृद्धिका लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै उनले भने, “बिमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप-यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप-यो । सूचना प्रविधिमैत्री हुनुप-यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुप-यो । दाबी भुक्तानी समयमै हुनुप-यो । लगानीको प्रतिफल पनि बढ्नु प-यो ।”
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउए ।
बिमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनीले बिमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमारलाल र जीवन बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्