नगद अनुदानले निर्यातमा सकारात्मक प्रभाव देखिएन «

नगद अनुदानले निर्यातमा सकारात्मक प्रभाव देखिएन

निकासी बढाउन सरकारले स्वदेशी निर्यातकर्तालाई नगद अनुदान दिँदै आए पनि यसको परिणाम सकारात्क देखिन सकेको छैन । तेस्रो मुलुकमा निर्यात गर्ने उद्योगलाई सरकारले आर्थिक वर्ष ०७१÷०७२ देखि नगद अनुदानको व्यवस्था गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा नगद अनुदानले निर्यातमा सकारात्मक प्रभाव पार्न नसकेको उल्लेख गरेको छ ।
स्वदेशी वस्तुको निर्यात वृद्धि गरेर आयातलाई कम गर्ने लक्ष्यसहित सरकारले निर्यातजन्य उद्योगलाई दुई प्रतिशत नगद अनुदान व्यवस्था गरेको थियो । निर्यात घटिरहेको बेला निर्यात अनुदान बढाएर यो वर्ष तीनदेखि पाँच प्रतिशतमा पु¥याएको छ । व्यापारविज्ञ पुरुषोतम ओझा निर्यातमा दिँदै आएको अनुदानले निर्यात बढ्न नसकेकाले यसलाई पुनरावलोकन गरिनुपर्ने बताए । निर्यात बढाउनका लागि दिएको नगद अनुदान रकम प्रभावकारी नभएको उनको भनाइ छ ।
महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७१÷०७२ मा २४ करोड ८१ लाख रुपैयाँ नगद अनुदान दिएकोमा सो अवधिमा ८६ अर्ब ७४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यस्तै आव ०७२÷०७३ मा १९ करोड ८८ लाख रुपैयाँ नगद अनुदानको व्यवस्था गरेकोमा सो अवधिमा निर्यात ७१ अर्ब १३ करोड रुपैयाँको सामान निर्यात भएको छ । यस्तै आर्थिक वर्ष ०७३÷७४ मा २९ करोड ३ करोड रुपैयाँ नगद अनुदान दिएकोमा ७४ अर्ब १२ करोड रुपैयाँको सामान निर्यात भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै, आव ०७३÷०७४ मा २१ अर्ब १३ करोड रुपैयाँ नगद अनुदान दिएकोमा ८१ अर्ब ३३ करोड निर्यात भएको छ । आव ०७१÷०७२ को तुलनामा अन्य वर्षहरूमा निर्यात घटेकाले नगद प्रोत्साहन अनुदानले निर्यातमा सकारात्मक प्रभाव नदेखिएको प्रतिवेदनमा उल्लेख छ । नगद अनुदान दिँदा पनि निर्यात घटिरहेको बेला यस सम्बन्धमा प्रभाव अध्ययन गरी नीतिको पुनरावलोकन गर्न सुझाव दिएकोमा प्रभाव अध्ययन नगराइ अनुदान रकम दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पु¥याएको प्रतिवेदनमा उल्लेख छ । निर्यातजन्य उद्योगलाई दिँदै आएको प्रोत्साहन अनुदानको प्रभाव मुल्याङकन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
स्वदेशी वस्तुको निर्यात बढाउनका लागि सरकारले निर्यातजन्य २६ वस्तुमा ३ देखि ५ प्रतिशत नगद अनुदानको व्यवस्था छ । उद्योग। वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाँच प्रतिशत नगद अनुदान पाउनेमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका सामान, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज र त्यसबाट बनेका सामग्री, प्रशोधित पत्थर तथा गरगहनालगायत छन् ।
यस्तै, अल्लोका सामग्री, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा, स्लाइडिङ, तेल र पाउडर, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल निर्यातमा पनि ५ प्रतिशत अनुदानको व्यवस्था छ । तीन प्रतिशत नगद अनुदान पाउनेमा स्वदेशी कपडा, तयारी पोसाक, गलैंचा र ऊनका सामान, पस्मिना तथा त्यसबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन लगायत छन् ।
सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, यार्न र तामाका सामानमा पनि ३ प्रतिशत अनुदान व्यवस्था गरिएको छ । अनुदान लिन निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंकमा दाखिला भएको कागजात र निर्यातकर्ताले पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्